केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० भदौ ।
शनिबार एकाविहानै नारायणगोपाल चौक महाराजगंजमा ठूलो संख्यामा ट्राफिक प्रहरीहरु जम्मा हुँदै थिए । यस्तो लाग्थ्यो, त्यहाँ कसैको सवारी हुँदैछ । नेता–कार्यकर्ता, समाजसेवी देखि बुद्धिजीवीहरु समेत सडकमा उत्रिदैगर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा सेलिब्रेटी प्रहरी सर्वेन्द्र खनालको पनि इन्ट्रि भयो । उनी सडकमा उत्रिएपछि सुरु भयो पूर्वनिर्धारित कार्यक्रम अनुसारको चक्रपथ सफाइ अभियान ।
हिमालयन वातावरण संरक्षण प्रालि र वातावरण संरक्षण केन्द्र मात्र होइन त्यहा अन्य सहयोगी ब्यानरहरु पनि थिए । तर उपत्यका ट्राफिक र खासगरी सर्वेन्द्र खनालको सक्रियता हेरिरौं लाग्ने खाल्को थियो । उनी कहिले सडकमा चिन्ह लगाउन आवश्यक डोरी टाँग्नकोलागी काँटी ठोक्न सक्रिय थिए भने कहिले गाडेका पोलहरु उखाल्न मस्त थिए ।
एकै छिनपछि सडक खाली गर्न डोजर चल्न थाल्यो । जथाभावी फोहोर र अनावश्यक सामाग्री राख्दा सडक जाम भएको निश्कर्ष निश्किएपछि सर्वेन्द्र ठूलो पल्टनका साथ सडकमा निश्किन थालेका छन् । यसअघि उनी चावहिल क्षेत्रमा सडक खाली गर्न निश्कदा समेत चर्चा भएको थियो ।
प्रहरी फोर्सका साथ सडकमा उत्रिएका सर्वेन्द्रसँगै देखिएका ट्राफिक प्रहरी अधिकृत सीताराम हाछेथुको सक्रियता पनि कम्ता थिएन । त्यसोत सीताराम र सक्रियता एक अर्काका पुरक जस्तै हुन् ।
कहिले सकिएला काठमाडौंको जाम ? आम मानिसको जिब्रोमा झुण्डिएको यो प्रश्न हामीले सर्वेन्द्रलाई सोध्न चाह्यौं । तर उनको सचिवालयले जवाफ दियो, ‘उहाँ मिडियामा आएर जवाफ दिनुहुन्न, कामले समाधान पस्किन चाहानुहुन्छ ।’
घुमउरो च्यानलवाट प्राप्त सर्वेन्द्रको यो जवाफ गलत थिएन । स्रोतका अनुसार उनी राजधानीको सडकजाम हटाउने गुरु योजना तयार गर्दैछन् । के उनको यस्तो सक्रियताले सडकजामको समस्या कम गर्ला ? यसको जवाफ भविश्यले दिंदैजाला । तर सर्वेन्द्रले सार्वजनिक स्थलमा देखाएको सक्रियता भने तारिफ योग्य नै छ ।
चक्रपथ सफाई कार्यक्रममा सर्वेन्द्रको पुरक सक्रियता कस्तो थियो त ? हेर्नुस् केन्द्रबिन्दु टिभीकालागी दिपेन्द्र रायमाझीले खिचेका दृश्यहरु तपाईकालागी जस्ताको त्यस्तै–





























प्रतिक्रिया