अब हरेक स्थानीय तहमा एउटा पुस्तकालय

अब हरेक स्थानीय तहमा एउटा पुस्तकालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १० भदौ । शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । 

स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए ।

उनका अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ । जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ । रासस

Logo