गायिकाको प्रशंसा गर्दा एयर होस्टेसको जागिर चट

गायिकाको प्रशंसा गर्दा एयर होस्टेसको जागिर चट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क
काठमाडौं, १० भदौ । विश्वकै उत्कष्ट एयरलाइन्सको रुपमा रहेको भर्जिन एटलान्टिककी एक एयर होस्टेसलाई विमानको गोपनियता भंग गरेको अभियोगमा जागिरवाट निस्काशन गरिएको छ ।

लण्डनवाट लसएन्जलसको विमान यात्रामा पहिलो श्रेणीकी एयर होस्टेस २५ बर्षिया चार्लोटी ह्वीटिङहमले सोही विमानमा यात्रारत गायिका रिटा ओराको प्रशंसा गरेर आफ्नो फेसबुकमा स्टाटस पोष्ट गरेकी थिइन् । पोष्टको प्रतिक्रिया आउने क्रममा उनले रिटालाई कुनै तेल चित्रकलाकी सुन्दरी जस्तो भनेर प्रशंसा समेत गरेकी थिइन् । उनको महिला साथी स्टेसी म्याकक्लिनले पनि उनको भनाईमा मा प्रशंसाका थप शब्दहरु गरेकी थिईन् ।

यो कार्य भएको दुई सातापछि उनको हाकिमले उनलाई राजिनामा दिन भनेका थिए । आफुले जागिर छोड्नु परेपछि चार्लोटीले फेसबुकमै स्टाटस् लेखेर प्रष्टिकरण दिने प्रयास गरेकी थिइन् । उनले उक्त बेला महिला साथीसंग भएको सम्वादलाई डिलिट गरेपनि एयरलाइन्सले उनलाई आफ्नो विमानमा यात्रारत ब्यक्तिको गोपनियता भंग गरेको कारण हटाएको जानकारी मात्र गराएको छ । सन् २०१२ मा पनि भर्जिनले यस्तै कारण देखाएर अर्को कर्मचारीलाई पनि जागिरवाट निस्कासन गरेको थियो । (एजेन्सी)

Logo