काठमाडौं १० भदौ

शान्ति, सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने पहिलो निकाय नेपाल प्रहरीको दैनिकी कसरी बित्छ भनेर कौतूहलता हुन सक्छ । "/>

नेपाल प्रहरी कहाँ कति जना खटिन्छन् ?

नेपाल प्रहरी कहाँ कति जना खटिन्छन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं १० भदौ

शान्ति, सुरक्षा तथा कानुन कार्यान्वयन गर्ने पहिलो निकाय नेपाल प्रहरीको दैनिकी कसरी बित्छ भनेर कौतूहलता हुन सक्छ । धेरैलाई लाग्न सक्छ, उनीहरूको दैनिकी अपराधी खोज्नमै बित्छ । तर सोचे भन्दा फरक छ ।

पछिल्लो पटक प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार ६ हजार ४ सय ३ जना पिकेट ड्युडीमा खटिएका हुन्छन् । उनीहरूको काम पिकेट गस्ती गर्नु हो । उनीहरू दैनिक १ हजार १ सय ११ किलोमिटर दूरीको आसपासमा ड्युटीमा खटिन्छन् । त्यसैगरी ७ हजार ३ सय ५० जना पैदल गस्तीमा खटिएका हुन्छन् । उनीहरूले ३३ हजार ७५ किलोमिटर दूरी ‘कभर’ गरेका हुन्छन् । मुलुकभर ४ हजार ४ सय ३ जना सवारी गस्तीमा खटिएका हुन्छन् । उनीहरूले २१ हजार २ सय किलोमिटर दूरी कभर गर्ने प्रहरी प्रधान कार्यालयको दाबी छ ।  प्रहरीले मुलुकभर ६ सय २ स्थानमा दैनिक जुनसुकै बेला चेकजाँच गर्ने गरेको छ । त्यसका लागि ३ हजार ४२ जना जनशक्ति खटिएका हुन्छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) एवं प्रहरी प्रवक्ता पुष्कर कार्कीका अनुसार मुलुकभर रहेका ६ सय ४६ महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि २ हजार ३ सय ४४ जनशक्ति परिचालित हुन्छन् । यसमा आवश्यकता अनुसार बढ्न पनि सक्नेछ । विशिष्ट व्यक्तिको सुरक्षा, कार्यक्रम तथा निवास सुरक्षाका लागि १ हजार २ सय ५७ जना खटिएका हुन्छन् । व्यक्तिगत सुरक्षा गार्ड अर्थात् पीएसओ १ सय ७९ जना र विशिष्ट व्यक्तिहरूको सवारी सुरक्षा अर्थात् स्कटिङका लागि ५ सय ६३ जना खटिएका हुन्छन् ।
राजधानीबाट

Logo