दाङ, ९ भदौ
दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ । "/>

दाङमा भाइरलका विरामी वढे

दाङमा भाइरलका विरामी वढे

केन्द्रबिन्दु
0
Shares

दाङ, ९ भदौ
दाङमा रुघाखोकी, ज्वरो, टाइफाइड र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा परेको अविरल वर्षासँगै विभिन्न प्रकारका स्वास्थ्य समस्या देखापरेको छ ।

जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा भाइरल ज्वरो, हेपाटाइटिस, पखाला र जण्डिस जस्ता रोगका बिरामीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको अस्पतालले जनाएको छ । जिल्लामा उपक्षेत्रीय अस्पताल घोराही, अञ्चल अस्पताल तुलसीपुर, देउखुरीको लमही अस्पताल, स्वास्थ्य चौकी र गाउँ गाउँमा रहेका निजी क्लिनिकमा विशेषगरी भाइरल ज्वरोका बिरामी धेरै रहेका छन् । अहिले देखिएको समस्या मौसमी भएको भन्दै राप्ती उपक्षेत्रीय अस्पतालका डा. जितनारायण यादवले विशेष ख्याल गर्न सुझाव दिएका छन् । स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न, तातो र झोल वस्तुहरु खान र आराम गर्न उनको सुझाव छ । वर्षा पछिको वातावरणसँगै दूषित पानीले स्वास्थ्य समस्या निम्त्याएको भन्दै उनले स्वास्थ्य जाँच गर्नमा खेलबाड नगर्न बिरामीलाई आग्रह गरेका छन् ।

हाल दैनिक २०० भन्दा बढी भाइरलका बिरामीहरु अस्पतालमा आउने गरेको डा सुबोध शर्माले जानकारी दिए । रासस

Skip This
Skip This
Logo