काठमाडौं , भदौ ९
वैदेशिक रोजगारीमा जानेको संख्या आर्थिक ०७४/७५ को पहिलो महिनामै १७ प्रतिशतले घटेको छ । चालू आवको साउनमा श्रम स्वीकृति लिएर ४२ हजार ५११ जना युवा बिदेसिएका छन् । गत आवको साउनमा ५१ हजार एक सय सात जना बिदेसिएका थिए । सरकारले एक सय १० भन्दा बढी मुलुक नेपाली कामदारका लागि खुला गरेको छ ।
गत आवको साउनमा म्यानपावरमार्फत ३२ हजार सात ५२ युवा विदेश गएकामा चालू आवको साउनमा यो संख्या घटेर २१ हजार एक सय २१ मा सीमित भएको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए । कतारमाथि खाडी मुलुकले लगाएको नाकाबन्दीका कारण विदेश जानेको संख्यामा कमी आएको हो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया