काठमाडौ , भदौ ९
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । "/>

पाँचवर्षमा डेढलाख लाइसेन्समा प्वाल पारियो

पाँचवर्षमा डेढलाख लाइसेन्समा प्वाल पारियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौ , भदौ ९
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचौं पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौँ पटकमा पनि मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताए ।

महाशाखाले वि.सं. ०६९ मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकको लाइसेन्स प्वाल पार्न थालेकोमा हालसम्म एक लाख ४६ हजार ४९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ । जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार ४३७, तेस्रोपटक सात हजार ९५४, चौथोपटक दुई हजार ७५३ र पाँचौँपटक ९७८ जना सवारी चालक पुगेका छन् । महाशाखाले आर्थिक वर्ष २०६९ / ७० मा २२ हजार २७२, ०७०/७१ मा ४८ हजार ६६९, ०७१/७२ मा ३१ हजार ८२४, ०७२/७३ मा २४ हजार १०२ र ०७३/७४ मा १९ हजार ६२४ जना सवारी चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo