भदौ ९, नयाँदिल्ली

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अब संघको निर्वाचनपछि मात्र संविधान संशोधन हुन सक्ने बताएका छन् । "/>

“अब चुनाव पछि मात्र संविधान संशोधन ” -देउवा

“अब चुनाव पछि मात्र संविधान संशोधन ” -देउवा

केन्द्रबिन्दु
0
Shares

भदौ ९, नयाँदिल्ली

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई अब संघको निर्वाचनपछि मात्र संविधान संशोधन हुन सक्ने बताएका छन् ।

लोकतान्त्रिक गठबन्धन पक्षधरको दुईतिहाइ पुगे मात्रै संशोधन सम्भव हुने उनको भनाइ छ । बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा सीमित अधिकारी सहितको बैठक र प्रतिनिधिमण्डल स्तरीय बैठकमा देउवाले यस्तो बताएका हुन् । मोदीले देउवाको धारणामा सहमति जनाउँदै त्यसमा भारतको सहयोग रहने वचन दिएका छन् ।
प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमा पनि दुई चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा स्वागत गर्दै देउवाको प्रशंसा गरेका थिए । ‘लोकतन्त्र संस्थागत गर्न व्यक्तिगत र संस्थागत तपाईंको प्रयास सराहनीय छ,’ मोदीले पत्रकार सम्मेलनमा भने, ‘सबैसँगको संवाद निरन्तर राख्दै सफलतापूर्वक संविधान कार्यान्वयन होस् ।’

प्रधानमन्त्री देउवाले संविधान संशोधनका लागि आफूले प्रयास गरेको, तर सम्भव नभएको पत्रकार सम्मेलनमा बताए । ‘मैले प्रस्तुत गरेँ, तर दुईतिहाइ पु¥याउन सकिनँ । जसका कारण संविधान पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैको बनाउने प्रयास सफल हुन सकेन,’ उनको भनाइ थियो, ‘पछि दुईतिहाइ पुर्याएर संविधान संशोधन गर्न म प्रतिबद्ध छु ।’
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo