काठमाडौं भदौ ९
आगामी मंसिर १० गतेका लागि तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ५ भदौ सम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम रहेकाहरूले मात्र मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगको बिहीबार बसेको पदाधिकारी बैठकले सरकारले निर्वाचनको मिति तोकेको दिन ५ भदौसम्म १८ वर्ष उमेर पूरा भएको र मतदाता नामावलीमा नाम लेखाएकाहरूलाई मात्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न दिइने निर्णय गरेको हो । ‘मतदाता नामावली ऐन, २०७३ को दफा ६ (ख) अनुसार आयोगले १८ वर्ष उमेर पूरा भएको मिति तोक्ने व्यवस्थानुसार मतदाताको १८ वर्ष उमेर पुगेको मिति तोकेको हो’ आयोग बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सरकारले ५ भदौमा निर्वाचनको मिति तय गरिसकेकाले कानुनअनुसार नै सोही दिनसम्म १८ वर्ष उमेर पूरा भएकाहरूले मात्र आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने बताए ।
राजधानीबाट































प्रतिक्रिया