भरतपुर, भदौ ९
केहि दिन देखि देश आएको वढी तथा सडक अवरुद्धका कारण तरकारीको मुल्य आकाशिएको छ । यसरी मुल्य वढेपछि उपभोक्ताहरु अचम्ममा परेका छन् ।
तीजमा माइत हिडेकी शान्ति देवकोटा दंग थिइन्। तरकारी किन्नका लागि नारायणगढको लायन्सचोकमा रहेको तरकारी मण्डी पुगेकी उनी तरकारीको भाउ सुनेपछि तर्सिन्। अघिपछि सस्तोमा किनेको तरकारी धेरै महँगो भएको उनको दुःखेसो थियो। ‘राम्रो भेटाउन गाह्रो छ त्यसलाई पनि महँगो मूल्य तिरेँु, शान्तिले भनिन् ‘भाउ सुन्दा त सुरुमा पत्याउनै नसकेको। उनले एक धार्नी काँक्रोलाई ३५० तिरिन् । एकाएक बढेको तरकारीको भाउले उपभोक्ता तर्सिने गरेका छन्। अरुबेला भन्दा तेब्बर महँगो छ। चाडबाडले मूल्य बढेको गुनासो उपभोक्ताको छ। मूल्य बढी भए पनि किन्नुपर्ने बाध्यता उपभोक्तालाई छ। बिहीबार तरकारी किन्न मण्डी पुगेका भानुभक्त रिमाल पनि तरकारीको भाउ सुनेर दोधारमा परे। तीजका लागि तरकारी लिन आएका रिमाल मूल्य सुनेर तर्सिए। तीन गुणा बढेको तरकारीको भाउले मारमा परेको उनले दुःखेसो गरे। ‘चालिस रुपैयाँको गोलभेँडा एक सय २० मा किन्नुपरेको छ, उनले भने, ‘नकिनौ अरु उपाय छैन, बाध्यताले ढाड सेकियो।
तरकारी पसलमा जानेहरू मूल्य सुनेर तर्सिने गरेका छन्। १५ दिनयता चितवनमा तरकारीको भाउ ह्वात्तै बढेको उपभोक्ता बताउँछन्।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया