काठमाडौं ९ भदौ
बुधबार दिउँसो ४६ वर्षीय गौतम मानन्धर झोँछे स्थित आफ्नो घरको चौथो तलामा सुतिरहेका थिए। गौतमका दाजु राजु रन्थनिँदैं भाइको कोठाभित्र छिरे। अनि निदाइरहेका गौतमको टाउकोमा हम्मरले अन्धाधुन्द प्रहार गरे। भाइ मरेको निश्चित भएपछि कोठा बन्द गरी आफू पनि मर्न निस्किए। पोखरामा गएर मर्ने योजना बनाएका थिए। तर त्यसपछि आफू कता गइरहेको छु भन्ने समेत मेसो पाएनन्। घुम्दाघुम्दै एयरपोर्ट पुगेपछि मात्र थाहा पाए, उनी काठमाडौंमै रहेछन्। यसपछि उनको मुड फेरियो र प्रहरीसँग आत्मसमर्पण गर्ने निधो गरे। आफ्नै भाइको हत्या अभियोगमा बुधबार राति १० बजे पक्राउ परेका ५१ वर्षीय राजुले दिएको प्रारम्भिक बयानका आधारमा जनसेवा प्रहरी वृतका डीएसपी सन्तोष आचार्यले घटनाको वेलिविस्तार यसरी लगाए।
एयरपोर्टमा आइपुगेपछि राजीवले झोंछेकै एक स्थानीयलाई फोन गरी ‘जसरी पनि भेट्नु छ’ भन्दै बोलाएका थिए। राजीवले ती स्थानियलाई भेटेर घटनाबारे जानकारी गराए। ती स्थानीयले आत्तिँदैं विशाल बजारस्थित जनसेवा वृतलाई खबर गरे। जतिबेला राजु सोही क्षेत्रमा पुगिसकेका थिए।
‘भाइको हत्यापछि उनी विक्षिप्त अवस्थामा पुगेछन्’, जनसेवा वृतका डीएसपी आचार्यले भने। गौतम अविवाहित हुन्। उनी आमा र दाजु भाउजूसँगैं बस्दै आएका थिए। परिवारका दुई सन्तानमध्ये गौतम कान्छा हुन्।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया