काठमाडौँ, ३ भदौ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र श्राद्ध गर्न आउने भक्तजनलाई सहयोग पु¥याउने उद्देश्यले तयारी सुरु भएको छ । "/>

गोकर्णेश्वर मन्दिर खुला दिसामुक्त क्षेत्र घोषणा

गोकर्णेश्वर मन्दिर खुला दिसामुक्त क्षेत्र घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३ भदौ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र श्राद्ध गर्न आउने भक्तजनलाई सहयोग पु¥याउने उद्देश्यले तयारी सुरु भएको छ । मन्दिर क्षेत्रलाई सफा राख्न गोकर्णेश्वर नगरपालिकाले आज मन्दिर क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।

गोकर्णेश्वर नगरपालिका– ४ मा रहेको ब्रह्माले स्थापना गरेको विश्वास गरिने यो धार्मिकस्थलमा भदौ कृष्णऔँसीका दिन तर्पण, सिदादान र श्राद्ध गरेमा घर, मामाघर र ससुरालीतिरका सात/सात पुस्ता पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । मेलाको तयारीका लागि मन्दिरलाई आज गोकर्णेश्वर नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गरेको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिए । गोकर्णेश्वर मन्दिरमा भव्य मेला लाग्ने भएकाले यस औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । यस वर्ष यो औँसी भदौ ५ गते सोमबार परेको छ । बाबुको मुख हेर्ने औँसी पनि भनिने यस दिन गोकर्णमा लाखौँ भक्तजनको भीड लाग्छ । औँसीको तयारीका लागि जोरपाटी नारायणटार वाग्मती पुलदेखि गोकर्णेश्वर महादेव मन्दिर स्थलसम्मको वाग्मती करिडोरमा ग्राभेल हाली खाल्डाखुल्डी पुरिएको नगरपालिकाका उपप्रमुख शान्ति नेपालले जानकारी दिएकी छिन् । रासस

Logo