इन्टरनेट भारतको भन्दा नेपालको तीव्र

इन्टरनेट भारतको भन्दा नेपालको तीव्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९ साउन ।

अन्तराष्ट्रिय रुपमा इन्टरनेटको स्पिड निरिक्षण गर्ने एजेन्सी ओक्लाको पछिल्लो रिर्पोट अनुसार भारतको भन्दा नेपालको इन्टरनेटको गति बढी रहेको देखाएको छ ।

अगष्टको दोस्रो साता आफ्नो रिपोर्ट सार्वजनिक गर्ने क्रममा ओक्लाका अनुसार मोवाइल इन्टरनेटको गति अनुसार नेपाल २० स्थान तल झरेर १ सय ११ औं स्थानमा रहेको छ । यसैगरी भारत १ स्थान तल झरेर १ सय १२ औं स्थानमा रहेको जनाएको छ ।

ओक्लाको पछिल्लो रिपोर्ट अनुसार नर्वे शिर्ष स्थानमा रहेको छ । नर्वेले आफ्नो इन्टरनेटको गतिलाई ११ स्थान माथी सुधार गरेर शिर्ष स्थानमा उक्लेको हो । नर्वेमा मोवाइल इन्टरनेटको गति ५२ दशमलव ५९ मेगाबिट्स पर सेकेण्ड रहेको छ । नेपालको मोवाइल इन्टरनेटको गति ८ दशमलब ३२ मेगाविट्स पर सेकेण्ड रहेको छ भने भारतको ८ दशमलव १८ मेगाबिट्स पर सेकेण्ड रहेको छ ।

दोस्रो तिब्र मोवाइल इन्टरनेटको गति भने नेदरल्याण्डको ४६ दशमलब ९४ र तेस्रोमा रहेको हंगेरीको ४६ दशमलब २४ मेगाविट्स पर सेकेण्ड रहेको छ ।

एशियाली मुलुकमा सर्वाधिक तिब्र गतिको मोवाइल इन्टरनेट भने सिंगापुरको रहेको छ । विश्वको चौथो तिब्र गतिको इन्टरनेट सेवा समेत दिनेमा परेको सिंगापुरको इन्टरनेट गति ४५ दशमलब ९९ मेगाविट्स पर सेकेण्ड रहेको छ । एशियाकै चर्चा गर्दा संयुक्त अरव इमिरेट्स ४३ दशमलब ९८ मेगाविट्स पर सेकेण्ड इन्टरनेट दिएर एशियाको दोस्रो र विश्वको सातौं स्थानमा रहेको छ । कुनै समय सर्वाधिक तिब्रगतिको इन्टरनेट सेवा दिनेमा ख्याति कमाएको दक्षिण कोरिया एशियाको तेस्रो र विश्वको आठौं स्थानमा रहेको छ । ओक्लाका अनुसार यहाँको मोवाइल इन्टरनेटको गति ४२ दशमलब ०९ मेगाविट्स पर सेकेण्ड रहेको छ ।

दक्षिण एशियाली राष्ट्रहरुको मोवाइलको इन्टरनेट गतिलाई हेर्ने हो भने मालद्धिभ्स शिर्ष स्थानमा रहेको छ । विश्वको ५७ औं स्थानमा रहेको यहाँको इन्टरनेटको गति १९ दशमलब २६ मेगाविट्स पर सेकेण्ड रहेको छ । विश्वको ९८ औं स्थानमा रहेको पाकिस्तान दक्षिण एशियाको दोस्रो र १ सय २ औं स्थानमा रहेको श्रीलंका तेस्रो स्थानमा रहेको छ । पाकिस्तानमा मोवाइल इन्टरनेटको गति १० दशमलब ७६ र श्रीलंकामा ९ दशमलब ८२ मेगाविट्स पर सेकेण्ड रहेको छ ।

Logo