विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन ।

पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण शुरु गर्न रु १० करोड बजेट विनियोजन गरेको छ । मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

बहुवर्षीय योजनाअन्तर्गत आव २०७८-२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको छ ।

पुनःनिर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताए । यो महिनामै ठेक्का गर्न लागिएको उनले जानकारी दिए। विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको पुनःसमीक्षा भने जारी रहेको कोषले जनाएको छ ।

Skip This
Skip This
Logo