‘नेपाली जुटौं बाल विवाह रोकौं’

‘नेपाली जुटौं बाल विवाह रोकौं’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ साउन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा बाल विवाह बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बाल विवाहको अन्त्य गर्न सरोकारवाला निकायहरू सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘नेपाली जुटौं बाल विवाह रोकौं’ अभियानको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले संविधानले बाल विवाहलाई दण्डनीय अपराधका रूपमा उल्लेख गरेको पनि स्मरण गराइन् ।

गरिबी र अशिक्षाका कारण मुलुकमा बाल विवाह बढ्दै गएको उल्लेख गर्दै यसको अन्त्य गर्न सरकारी प्रयास मात्रै पर्याप्त नहुने पनि उनले उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले बाल विवाह अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । मन्त्री कोइरालाले संविधानले
नै बाल विवाहलाई दण्डनीय अपराधको रूपमा लिएको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान संचालन गर्दै आएको दावी पनि गरिन् । मन्त्री कोइरालाले बाल विवाह अन्त्य गर्ने कामलाई सामाजिक अभियानकै रुपमा संचालन गर्न पनि सबैमा अपिल गरिन् ।

विभिन्न अध्ययन प्रतिवेदनले नेपालमा बाल विवाह दर उच्च रहेको तथ्यांक सार्वजनिक गरेका छन् । युनिसेफले पहिल्लो पटक सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा ३७ प्रतिशत बालबालिकाले १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको पाइएको उल्लेख गरेको छ ।

नेपालमा बाल विवाह बढ्दै जानुमा गरिबीलाई मुख्य कारण देखाउने गरिन्छ ।

Skip This
Skip This
Logo