छ लाखको चुरोट बरामद

छ लाखको चुरोट बरामद

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । सशस्त्र प्रहरीले बिहीबार राति सीमा क्षेत्रबाट छ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामछेट्टी टुँडिखेलको पश्चिमतिर महाकाली नदीको किनारमा नेपालबाट भन्सार छली गरी रातिको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ ।

यसैगरी बेलौरी नगरपालिका–८ दिपघाट, भीमदत्त नगरपालिका–९ मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ ।

Skip This
Skip This
Logo