पोखरा, २२ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

पोखरा स्पोर्टस् अवार्डबाट सम्मान

पोखरा स्पोर्टस् अवार्डबाट सम्मान

केन्द्रबिन्दु
२२ श्रावण २०७४, आईतबार
0
Shares

पोखरा, २२ साउन । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ । 

पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल एवं एथलेटिक्सका खेलाडी खड्गबहादुर रानाभाट सम्मानित हुनुभएको छ । 

पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । 

यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा लन टेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट महिला खेलाडीमा भलिबलकी अरुणा शाहीलाई पुरस्कृत गरिएको छ । उहाँहरुले जनही रु २५/२५ हजार नगद र एक थान सामसुङ मोबाइल प्राप्त गर्नुभएको छ । 

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्यान्दोका सुनबहादुर लामा, वर्ष उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकी ममता डगौरा, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएको छ । 

उहाँहरुले रु १०/१० हजार, ट्रफी र सम्मानपत्र पाउनुभएको छ । उहाँहरुलाई नेपाल पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ, गायक प्रमोद खरेललगायतले पुरस्कृत गर्नुभएको थियो । 

सो अवसरमा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई दक्षिण एशियाकै प्रशिक्षणको केन्द्र बनाउने उद्घोष गर्नुभयो । 

लाइभटाइम एचिभमेन्टबाट सम्मानित खड्गबहादुर रानाभाटले घरपरिवारबाटै हौसला भएमा मात्रै खेलाडीले सफलता पाउन सक्ने विचार व्यक्त गर्नुभयो । रासस 

 
 

प्रतिक्रिया

भर्खर

एमालेको संकल्प- १ संगठित सदस्य बराबर न्यूनतम ३ नयाँ सदस्य तयार गर्ने

सगरमाथामा ६ दिन बेपत्ता भएका दावा शेर्पाको ह्याम्स अस्पतालमा उपचार हुँदै​

पुलित्जर पुरस्कार विजेता कविहरूद्वारा केएमसी स्कुल बागबजारकाे भ्रमण

एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu