काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३३८ जना, ललितपुरमा १८० जना र भक्तपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका १ हजार ६१५ मध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् । यससँगै, उपत्यकामा कूल संक्रमितको संख्या ७३ हजार २ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज २ हजार ३ सय ६४ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ३८ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण ९ हजार ७ सय ६९ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख १९ हजार ६४ रहेको छ । आज ३८ हजार ९५२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo