बाँके।
बाँकेको नेपालगन्जमा २९ लाख ४८ हजार रुपैयाँसहित दशजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका– ४ बसपार्कस्थित कृष्ण सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका ४१ वर्षीय सन्तोष थापासहित दशजनालाई बुधबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त घरमा तासको खेल चलिरहेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले तास खेलिरहेकाहरूको साथबाट उक्त रकमसमेत बरामद गरेको जनाइएको छ ।
यसबारेमा थप अनुसन्धान जारी राखेको बाँके प्रहरीले जनाएको छ ।































प्रतिक्रिया