डोटी (गैरा), ८ साउन । "/>

  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

तीन पुस्तादेखि डोकाको व्यापार

तीन पुस्तादेखि डोकाको व्यापार

केन्द्रबिन्दु
८ श्रावण २०७४, आईतबार
0
Shares

डोटी (गैरा), ८ साउन । स्थानीय गैरास्थित अत्तरीया–डडेल्धुरा भीमदत्त सडकखण्डको किनारमा बसाबास गर्दै आउनुभएका डडेल्धुराको अमरगढी नगरपालिका– ६ का ५४ वर्षीय ज्ञानबहादुर पार्कीे डोका, छाप्रा र भकारी निर्माणबाटै जीवन गुजारा गर्दै आएका छन् । 

बाजे, बुवा हुदै आफूपनि यस्ता सामग्री बनाएर तराईका कैलाली, कञ्चनपुरसम्म बिक्री गरेर घर खर्च चलाउदै आएका पार्की दम्पतीले झण्डै ३९ वर्षदेखि लगातार डोकाको व्यापार गरिरहेको यसै पेशाबाट दैनिक गुजारा चलाउनुका साथै छोराछोरीको पढाइ र विवाह खर्च समेत गरेको बताए । गैरामा तयार भएका सामग्री बिक्रीका लागि उनले जनिकका जिल्लामा पु¥याउने गरेका छन् । 

“घरको भाडा, खाना खर्च काटेर मासिक रु १० हजारजति आम्दानी हुन्छ ।” रासससंगको भेटमा पार्कीले भने,– ‘‘मेरो त जागीर भनेकै डोका, छाप्रा, भकारी बनाउने हो ।’’ डोटीको गैरा, घण्टेश्वर, हगुल्टेँ लेक र यहाँका सामुदायिक वनमा डोका, लगायतका सामाग्री बनाउने कच्चा पदार्थ बनाउने निङ्गालो पाइने भएकाले केही समय डडेल्धुराबाट बसाइ सरेर आफू गैरा आएर बस्ने गरेको उनले सुनाए । 

बनाइएका ती सामग्री तराईका कैलाली, कञ्चनपुरसम्म बिक्री हुने प्रति डोका रु पाँच सयसम्म लिने गरेके पार्कीले भने, ‘‘समयमै यो काम गरेन भने घर व्यवहार धान्नै मुश्किल हुन्छ । बुबा हलुवा पार्की र बाजे कमले पार्कीले पनि डोकोकै व्यापार गरेका थिए । बाउ/बाजेबाट सिकेर मैले पनि आधाजीवन यसमै खर्चिए ।’’ 

एक महिनामा ३० थान डोकासम्म बनाउने गरेको छु भन्दै उनले यसै व्यापारबाट सात छोराछोरीको लालनपालनका लागि खर्च धानेको बताए । 

अब पहिलेजस्तो निगालो पाउनै छाडिसकेपनि डोका र छाप्राको माग भने अझै घटेको छैन, तराई जाँदा ५०० थानसम्म डोका र छाप्रा बिक्री भएको उनले बताए । पहाडी जिल्लाको भन्दा तराईका जिल्लामा डोका, भकारी धेरै खपत हुने भएकाले तराईमा डोकासित अन्न समेत साट्ने गरेको पार्कीले भने, ‘‘प्रति डोकाको २५ देखि ३० किलोसम्म धानसित पनि साटेको छु , यस पेशाबाट जीवनमा धेरै ठूलो परिर्वतन नआए पनि पेट पाल्न अरुसित हात थाप्नुपरेन ।” दलित समुदायले सुदूरपश्चिममा यस प्रकारका हस्तनिर्मित सामग्री बनाएर बिक्री गर्ने गरेको भए पनि पछिल्लो दशकयता डोका, भकारी बनाएर बिक्री वितरण गर्ने प्रचलनमा कमी आउँदै गएको छ । 

कच्चा पदार्थको पनि कमी भएकाले पनि हस्तनिर्मित उपभोग्य सामग्री निर्माणमा कमी आएको छ । रासस 

 
 

प्रतिक्रिया

भर्खर

आज सुन र चाँदीको मुल्य घट्यो

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि जुट्याे १९ अर्ब

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

लेबनान–इजरायल युद्धविराम घोषणा

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu