यु १९ विश्वकप क्रिकेट छनौट: फेरि पनि हरायो नेपालले सिंगापुरलाई

यु १९ विश्वकप क्रिकेट छनौट: फेरि पनि हरायो नेपालले सिंगापुरलाई

केन्द्रबिन्दु
0
Shares

६ साउन, काठमाडौँ  । सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भइरहेको यु १९ विश्वकप क्रिकेट छनौट खेलमा नेपालले सिंगापुरलाई २२ रनको हराएको छ । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्छ्याएको सिंगापुरले जम्मा १४६ रन मात्र जोड्न सफल भयो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन, सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाएका थिए । नेपालले यसअघि पनि सिंगापुरलाई ४ विकेटले हराएको थियो ।

आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालको यो तेस्रो जित हो ।

Logo