तोकिएकै मितिमा निर्वाचन- प्रमुख आयुक्त

तोकिएकै मितिमा निर्वाचन- प्रमुख आयुक्त

केन्द्रबिन्दु
0
Shares

६ साउन, गौशाला । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने– “तेश्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।” 

प्रमुख आयुक्त यादवले तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे । 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे । रासस

Skip This
Skip This
Logo