च्याम्पियन्स लिगमा पीएसजीको जित

च्याम्पियन्स लिगमा पीएसजीको जित

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इस्तानबुल बासाकेशिरलाई हराएको छ । बुधबार राति भएको समूह ‘एच’ को खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल बासाकेशिरलाई २–० ले हराएको हो ।

पीएसजीको जितमा यसै सिजन एभर्टनबाट लोनमा आएका मोइस केनले दुई गोल गरे । खेलको ६४औं मिनेटमा पहिलो गोल गरेका उनले ७९औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

पिएसजीले जिते पनि खेलको सुरुवातमै मांशपेशीमा चोट बोक्दै नेयमार मैदानबाट बाहिरिएका थिए ।

Skip This
Skip This
Logo