यस्तो हुन्छ, योगको चमत्कारिक लाभ 

यस्तो हुन्छ, योगको चमत्कारिक लाभ 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । ६ साउन, काठमाडौं ।

हामी चाहन्छौं, सधै निरोगी होऔं । दीर्घ–जीवन प्राप्त गरौं । मन प्रफुल्ल होस् । शरीर चुस्त र स्फूर्ति होस् । यसका लागि के गर्ने ? सर्वोत्तम काइदा हो, योग । योगलाई जीवनशैलीको एउटा हिस्सा बनाएर लानुपर्छ, जसले हामीलाई रोगमुक्त तुल्याउँछ ।

– योगले शरीरलाई जीर्ण, रोगी हुनबाट बचाउँछ । सधै स्वास्थ्य, स्फूर्ती, तन्दुरुस्त, उर्जावान् रहन योग गर्नैपर्छ । 

– योगले तन र मनलाई शान्त तुल्याउँछ । अनावश्यक तनाव, चिन्ता, रिस जस्ता मानसिक बिकारबाट छुटकारा दिलाउँछ । 

– ्शरीरमा पोषक तत्व पुर्‍याउन र टक्सिन हटाउनका लागि योग फाइदाजनक हुन्छ । रक्तसंचार सुचारु र नियमित गराउँछ । 

– शरीरको विकारयुक्त पदार्थ वाहिर निकाल्न मद्दत गर्छ, जसले मुटु, मृगौला जस्ता भित्री अंगलाई सुरक्षित र स्वास्थ्य राख्छ । 

– जोर्नी, हड्डी र माशंपेशीलाई लचिलो र मजबुद बनाउँन सहयोग गर्छ । योगले सम्पूर्ण मांशपेशीको व्यायम हुन्छ । 

– योगले मस्तिष्कलाई शान्त तुल्याउँछ । एकग्रता बढाउँछ र शरीरको कार्यक्षमता पनि बढाउँछ । 

Skip This
Skip This
Logo