पक्की पुल नहुँदाको पीडा : साँघु भाँच्चिएपछि एकको मृत्यु

 पक्की पुल नहुँदाको पीडा : साँघु भाँच्चिएपछि एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जाजरकोट : त्रिवेणी नलगाड नगरपालिका ३ जाजरकोटमा काठको पुल भाँचिदा ४३ वर्षीय बल बहादुर परियारको मृत्यु भएको छ। त्रिवेणी नलगाड नगरपालिका ३ को टट्टा बास्कोटी जोड्ने सांगटा खोलाको पुल भाँचिएको जाजरकोटबाट पत्रकार लक्ष्मण रसाइलीले जनाएका छन्।

त्रिवेणी नलगाड न.पा ३ को करुवा घर भएका बलबहादुर परियार सोमबार दिउँसो घरबाट कैना अस्पताल आउने भनेर आफ्नो स्वास्नीको साथमा आउँदै गर्दा सो काठको पुल भाँचिएको हो।

परियारको करिब १५००मिटर तल कैना बजार नजिक खोलाको बिचमा शव फेला परेको छ। वर्षातको समयमा सास्ती डर त्रास खेप्नु परेको यस खोलामा जेनतेन आवतजावत गर्न बनाइएको काठको पुल भाँचिएर सो घट्ना घटेको  हो। परियारको शव पोस्टमार्टमको लागी प्राथामिक स्वास्थ्य केन्द्र दल्ली पठाइएको छ।

फोटो सौजन्य : लक्ष्मण रसाइली 

Skip This
Skip This
Logo