केन्द्रबिन्दु संवाददाता । २ साउन, काठमाडौं ।
नवनियुक्त प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधिश पराजुलीलाई सोमबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ गराउनु भएको हो । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरु, सर्र्वाेच्च अदालतका न्यायाधिशहरुसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस पराजुलीको नाम अनुमोदन गरेपछि उहाँलाई आईतबार नै राष्ट्रपति भण्डारीले प्रधानन्यायाधिश पदमा नियुक्त गर्नु भएको थियो । नवनियुक्त प्रधानन्यायाधिश पराजुलीले संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायालयलाई पद्धतिसंगत ढंगले अघि बढाउन कोसिस गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सुशीला कार्कीले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश पराजुलीलाई कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी दिइएको थियो ।





























प्रतिक्रिया