यस्ता–यस्ता फिचर थप्दै फेसबुक

यस्ता–यस्ता फिचर थप्दै फेसबुक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २९ असार, काठमाडौं ।

फेसबुक संसारमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल हो । सुरुदेखि नै यसले आफूलाई अधिकतम युजर फ्रेन्डली बनाउँदै लाने प्रयास गर्दै आइरहेको छ । यसै क्रममा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई थप सजिलो होस् भनेर पछिल्लो समयमा केही नया“ फिचर थप्ने भएको छ । थपिएका नया“ फिचरहरूले प्रयोगकर्तालाई सजिलो बनाउनुका साथै फेसबुकलाई अझ लोकप्रिय बनाउने निश्चित छ । यी नया“ फिचारहरू केही दिनमै सार्वजनिक गर्ने फेसबुकले जनाएको छ ।

फेसबुक ट्रेन्डिङ
अहिले ट्रेन्डिङको चलन चलेको छ । ट्रेन्डिङ पत्ता लगाएर समाचार थाहा पाउने चलन बढ्दै गएपछि फेसबुकले पनि ‘फेसबुक ट्रेन्डिङ’ ल्याउने जनाएको छ । फेसबुकले ट्रेन्डिङलाई न्युज फीडमा राखेर देखाउने प्रयास गर्ने भएको छ ।

पासवर्ड रिकभरी
अनलाइन बैंकिङका प्रयोगकर्ताहरूलाई लक्षित गरेर फेसबुकले पासवर्ड रिकभरीलाई पनि ल्याउने तयारी गरिरहेको छ । अनलाइन बैंकिङको पासवर्ड बिर्सिएमा फेसबुकमार्फत नै उक्त पासवर्ड रिकभर गर्न मिल्ने सुविधा थप गर्ने फेसबुकले जनाएको छ ।

लाइभमा इन्भाइट
फेसबुकले सेलिब्रेटीहरूलाई आफूले कुनै कुराको फेसबुक लाइभ गर्दा साथीहरूलाई हेर्नका लागि इन्भाइट गर्न मिल्ने सुविधा दिएको थियो । यो सुविधा आम प्रयोगकर्ताहरूले भने पाएका थिएनन् । अब फेसबुकले यो सुविधा सबै प्रयोगर्ताहरूलाई खुला गर्ने जनाएको छ ।

खाना अर्डर गर्ने सुविधा
खाने कुरा अर्डर गर्न मिल्ने सुविधा फेसबुकले अहिले परीक्षणका रूपमा थप गरेको छ । परीक्षणका रूपमा रहेको यो सुविधा अहिले अमेरिकाका प्रयोगकर्ताहरूले मात्र पाइरहेका छन् । यो सुविधालाई फेसबुकले अन्य मुलुकहरूमा पनि दिने जनाएको छ ।

पैसा कमाउने उपाय
फेसबुकले आफ्ना प्रयोगकर्तालाई पैसा कमाउन दिने सुविधा पनि थप गर्दै लगेको छ । फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने सुविधा दिइसकेको छ । अब फेसबुकले फेसबुक लाइभ गर्नुभन्दा अगाडि नै २० सेकेण्डको विज्ञापन प्रसारण गरेर प्रयोगकर्तालाई पैसा कमाउन मिल्ने सुविधा थप गर्ने भएको छ ।

 

Skip This
Skip This
Logo