मोहनाको त्रिवेणीघाटमा डुबेर एक बालकको मृत्यु

मोहनाको त्रिवेणीघाटमा डुबेर एक बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धनगढी, २९ असार । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदी मोहनाको त्रिवेणीघाटमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । 

कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा फेला पारिएको छ । मृतक बालक वीरबहादुर चौधरीका छोरा हुन् । बुधबार दिउँसो साथीहरुसँगै नुहाउन भनी उनी मोहना नदीतर्फ गएको बताइएको छ । रासस  

Skip This
Skip This
Logo