पूर्व राजा ज्ञानेन्द्र शाह ७१ औं वर्षमा

पूर्व राजा ज्ञानेन्द्र शाह ७१ औं वर्षमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु २३ असार २०७४ । 

आज पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मदिन। उनी ७१ औं वर्षमा प्रवेश गरेका छन्। राजदरबारमा आयोजना हुने उनको जन्मोत्सव विशेष कार्यक्रममा विभिन्न राजावादी पार्टीदेखि संघ संस्था र शुभेच्छुकहरुको सहभागिता रहनेछ।

मुलुकमा लोकतन्त्र आउनुअघि राजाको जन्मदिवसका दिन सार्वजनिक बिदा हुने गरेको थियो। २०६२६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राजाका अधिकारहरु कटौति गरेको थियो। त्यसपछि उनको जन्मदिनमा सार्वजनिक बिदा दिन छाडियो। 

२०६५ साल जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले मुलुकलमा रहेको राजतन्त्रको अन्त्य गर्दै विधिवत् रुपमा गणतन्त्र घोषणा गर्‍यो। त्यसपछिका १० वर्ष पूर्वराजाले सर्वसाधारणकै हैसियतमा जन्मोत्सव मनाउँदै आएका छन्। २०५८ साल जेठ १९ गते भएको राजा वीरेन्द्रको वंशविनाशपछि उनका भाई ज्ञानेन्द्र राजा बनेका थिए।

Skip This
Skip This
Logo