प्रधानमन्त्री देउवाको नाम गिनिजबुकमा !

प्रधानमन्त्री देउवाको नाम गिनिजबुकमा !

केन्द्रबिन्दु
0
Shares

असमाचार

खुसीको कुरा के छ भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकडर््स’मा दर्ता हुने भएको छ । कसैले अचम्म नमाने हुन्छ, उनी हरेक पटक प्रधानमन्त्री हुँदा नयाँ र रोचक प्रकारका रेकर्ड राख्ने नै गर्छन् ।

यस पटक पनि सरकार सञ्चालनको प्रारम्भदेखि नै उनले नवीन रेकर्डहरू कायम गर्न थालेका छन् । गत असार ७ गते योग दिवसमा दौरा, सुरुवाल र कोटमा ठाँटिदै योग गरेर नयाँ कीर्तिमान कायम गरिसकेका प्रधानमन्त्री देउवाले अहिले भने एक्लै दुई दर्जन मन्त्रालयको मन्त्री बनेर अर्को नयाँ कीर्तिमान बनाएका छन् ।

यस कीर्तिमानमा उनी २३ मन्त्रालय लामो समयदेखि आफ्नै पकेटमा राख्न सफल छन् । गत जेठ २४ बाट उनी २३ मन्त्रालयका मन्त्री रहँदै आएको समाचार आफैंमा रोचक पनि छ । सबैभन्दा पहिला हेरौं प्रधानमन्त्री आफैं मन्त्री बनेका २३ मन्त्रालयको नाम –

१. आपूर्ति, २. उद्योग, ३. ऊर्जा, ४. कृषि विकास, ५. खानेपानी तथा सरसफाइ, ६. जनसंख्या तथा वातावरण, ७. पशुपक्षी विकास, ८. भूमिसुधार तथा व्यवस्था, ९. भौतिक पूर्वाधार तथा यातायात, १०. महिला तथा बालबालिका, ११. युवा तथा खेलकुद, १२. रक्षा, १३. वन तथा भू–संरक्षण, १४. वाणिज्य, १५. विज्ञान तथा प्रविधि, १६. शान्ति तथा पुनर्निर्माण, १७. पर्यटन तथा नागरिक उड्डयन, १८. सहकारी तथा गरिबी निवारण, १९. सामान्य प्रशासन, २०. सिँचाइ, २१. सूचना तथा सञ्चार, २२. कानुन, न्याय, संसदीय मामिला, र, २३. स्वास्थ्य

अर्को रोचक पक्ष के छ भने प्रधानमन्त्रीले एक्लै २३ मन्त्रालय चलाउँदा समेत एक जना पनि सल्लाहकार राख्ने आवश्यकता महसुस गरेका छैनन् । विना सल्लाहकारका प्रधानमन्त्री ? यो पनि त अर्को कीर्तिमान हो प्रधानमन्त्री जी को । हेर्दैजाउँ हाम्रा प्रधानमन्त्रीले आउँदा दिनमा यस्ता कीर्तिमान कति राख्र्दै जाने हुन् ।

 

 

Skip This
Skip This
Logo