केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ असार ।

कवितालाई विचार पक्षका साथै कलात्मक बनाउन शिल्प पक्षमा पनि ध्यान दिनुपर्ने औँल्याइएको छ । "/>

प्रज्ञा–प्रतिष्ठानको हीरक जयन्तीमा पन्ध्र ग्रन्थ

प्रज्ञा–प्रतिष्ठानको हीरक जयन्तीमा पन्ध्र ग्रन्थ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ८ असार ।

कवितालाई विचार पक्षका साथै कलात्मक बनाउन शिल्प पक्षमा पनि ध्यान दिनुपर्ने औँल्याइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको हीरक जयन्ती र राष्ट्रिय कविता महोत्सव २०७४ का सन्दर्भमा काव्य विभागद्वारा आयोजित ‘समकालीन नेपाली कवितामा शिल्प’ विषयको काव्य विमर्शमा कार्यपत्र प्रस्तुत गर्दै डा नारायण गड्तौलाले समकालीन कविता विचारयुक्त र सरल भएको तथा सघन विचलन पनि देखिएको बताउँदै तिनमा शास्त्रीय र आधुनिक दुवैको बाहुल्य देखिएको औँल्याए ।

कार्यपत्रमाथि टिप्पणी गर्दै कृष्ण प्रधान र मधुसूदन गिरीले २०६२ सालदेखि नेपाली कवितामा लैङ्गिक, नश्लीय, क्षेत्रीय र उत्तरआधुनिक पहिचान भेटिने गरेको बताए ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सैद्धान्तिक पक्षमा पनि छलफल चलाउन आवश्यक रहेको बताउनुभयो भने काव्य विभाग संयोजक डा अमर गिरीले यस्ता विमर्शले नेपाली कविताको स्तरीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कुलपति उपे्रतीले प्रतिष्ठानले हीरक जयन्तीका अवसरमा शुक्रबार कविता महोत्सवका अवसरमा शताब्दी वाङ्मय पुरुष तथा प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति र उपकुलपतिलाई सम्मान गर्नाका साथै ‘नेपाल प्रज्ञा–प्रतिष्ठानका गौरवमय ६० वर्ष’ ग्रन्थ तथा भोजपुरी– नेपाली– अङ्ग्रेजी र मैथली– नेपाली– अङ्ग्रेजी भाषामा शब्दकोशलगायत १५ ग्रन्थ विमोचन गरिने जानकारी गराए ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले भाषिक संरचना, शैली, शिल्प र प्रविधि कविको मौलिक पहिचान भएको बताउँदै नेपाली भाषाका कवितामा आउने मातृभाषाका शब्दले राष्ट्रिय एवं सामाजिक एकतामा बल पुर्याउने विश्वास व्यक्त गरेको राससले जनाएको छ ।

Skip This
Skip This
Logo