केन्द्रबिन्दु संवाददाता । २ असार २०७४, काठमाडौं ।
थापाथली पुलमा विहानै मनिषा मर्निङवाकको भेषमा आउने ।
चर्चित अभिनेत्री मनिषा कोइराला भोली शनिबार बाग्मती सफाई कार्यक्रममा निश्कने भएकि छन् । बाग्मती सफाई नियमित सुरु भएको २ सय १४ औं सातामा अभिनेत्री कोइराला समेत बाग्मती सफाईमा निश्कने भएकि हुन् । सहरी विकास मन्त्रालयले उनलाई बाग्मती सफाई महाअभियानको सद्भावना दुतमा नियुक्त गरेपछि उनले बाग्मती सफाई अभियानको नेतृत्व गर्ने भएकी हुन् ।
‘थापाथली पुलवाट सुरु हुने भोलीको सफाई कार्यक्रमवाट भ्याएसम्म मनिषा नियमित रुपमा बाग्मती सफाईमा जुट्ने छिन्’ – मन्त्रालय स्रोत भन्छ । ५ जेठ २०७० वाट नियमित रुपमा बाग्मती सफाई गरिदै आइएको छ ।
स्रोत – राजधानी दैनिक लगायत ।































प्रतिक्रिया