धुर्मुस्को फेसबुक पेज ह्याक

धुर्मुस्को फेसबुक पेज ह्याक

केन्द्रबिन्दु
0
Shares

तनावपूर्ण ५ घण्टापछि बल्ल सफलता ।
केन्द्रबिन्दु संवाददाता । ३० जेठ, काठमाडौं ।

चर्चित हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुसको फेसबुक पेज ह्याक भएको छ । आज दिउसो पेज ह्याक भएको थाहा भएपछि धुर्मुस दिनभरी तनावमा रहे । उनको पेज ५ घण्टासम्म ह्याक भएको थियो ।

‘सेसन एक्स्पायर’ भनेर फेसबुक नखुलुे पछि उनले सम्बन्धित विज्ञहरुसँग सम्पर्क गरेका थिए । विज्ञहरुको अथक प्रयासपछि फेसबुकलाई आफ्नो पकडमा ल्याउन सफल भएको सीताराम वताउँछन् । भन्छन् – ‘धन्न सफल भइयो ।’ विभिन्न बस्ती बसाएर चर्चामा आएका समाजसेवी कलाकार सीतारामको १ लाख ११ हजार ४ सय ६ जना फलोअर रहेका छन् ।

ह्याकर को हो भन्ने सम्बन्धमा खोजी भइरहेको धुर्मुस नजिकको स्रोत बताउँछ ।

Logo