चितवन, २८ जेठ । "/>

  • ५ श्रावण २०८३, मंगलबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

बाघको सङ्ख्यामा वृद्धि

बाघको सङ्ख्यामा वृद्धि

केन्द्रबिन्दु
२८ जेष्ठ २०७४, आईतबार
0
Shares

चितवन, २८ जेठ । दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।

सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा ¥यापिङ गरेर बाघको अनुगमन भइरहेको छ । यस अघि मध्यवर्ती क्षेत्रमा अनुगमन गरिँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले क्यामरा ¥याफ्टिङमा दिनमा दुई÷तीन पटक बाघ देखिएको भन्दै पहिले भन्दा बाघको सङ्ख्या बढी देखिएको बताउनुभयो ।

निकुञ्जमा घुम्न गएका पर्यटक, गस्तीमा गएका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले पनि बाघ बढी देखेको भन्दै उहाँले सङ्ख्या बढेको हुन सक्ने अनुमान गर्नुभयो । बाघका आहार बढेको, चोरी सिकारी रोकिएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

सन् २०१७ को अन्त्यतिर बाघको गणना राष्ट्रिय रुपमा गरिने पनि प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले निकुञ्जलाई विभिन्न भागमा विभाजन गरेर क्यामरा ¥यापिङ थालिएको हो भन्नुभयो ।

उहाँका अनुसार १७ जोडी क्यामराले निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फको भागमा जेठ १४ गतेबाट क्यामरा ¥यापिङ सुरु गरिएको हो । क्रमशः अन्य क्षेत्रमा क्यामरा सारेर ¥यापिङ गरिँदै छ ।

नेपाल टाईगर ट्रष्टले यसअघि नवलपरासीको दाउन्नेदेखि मेघौलीसम्मका मध्यवर्ती क्षेत्रमा क्यामरा ¥यापिङ गरी बाघको अनुगमन गरेको थियो । विगत २२ वर्षदेखि क्यामरा ¥यापिङ गर्दै आउनुभएका प्राविधिक बाबुराम महतोले बाघ देखिने क्रम बढेको बताउनुभयो ।

ट्रष्टले मध्यवर्ती क्षेत्रको दाउन्नेमा गरेको ¥यापिङमा बाघ नपरेको भए पनि बाघको पदमार्ग भने भेटिएको बताउनुभयो । सो क्रममा मेघौलीमा भने बाघ भेटिएको उहाँले बताउनुभयो । हाल क्यामरा राखिएको कसरादेखि भिम्लेसम्मको क्षेत्रमा पनि क्यामरामा बाघ देखिएको उहाँले बताउनुभयो ।

प्राकृतिक पथप्रदर्शक (नेचर गाईड) राजु तामाङ अहिले पर्यटकले केही कुर्न सकेमा बाघ देख्न पाउने बताउनुभयो । उहाँका अनुसार माडीको रिउ क्षेत्र, दुधौरा पारीपट्टीको टेन्डीक्याम्प चोक र थपलिया तालमा बढी मात्रामा बाघ देखिने गरेको छ । साढे दुई दिनको पर्यटकको प्याकेज बनाउन थालेको भन्दै उहाँले यो प्याकेजमा बाघ देखाउन सकिएको बताउनुभयो ।

केही समयअघि रिउको भगइमा आफूले एकै ठाउँमा ६ वटा बाघ पर्यटकलाई देखाएको पथप्रदर्शक तामाङले बताउनुभयो । पहिले पहिले गैंँडा हेर्नका लागि मात्रै पर्यटक आउने गरेकोमा अहिले बाघ नै हेर्न आउने पर्यटकको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो ।

चरा अवलोकन गर्न जाने वर्ड एजुकेसन सोसाइटिका प्रतिनिधिले पनि बाघको सङ्ख्या बढेको अनुमान लगाएका छन् । सोसाइटिका निवर्तमान अध्यक्ष वासु विडारीले जङ्गल जाँदा बाघ देखिने क्रम बढेको बताउनुभयो । रिउ खोला छेउमा तीन वटा बच्चासहितको बाघ आफूले देखेको भन्दै उहाँले पथप्रदर्शकले पर्यटकलाई बाघ देखाउन पाएपछि उत्साहित भएको पनि बताउनुभयो ।

बाघको प्रमुख आहाराको रुपमा जरायो र चित्तललाई लिने गरिन्छ । योसँगै रतुवा, लघुना, गौरीगाईका बच्चा, गैंँडाका बच्चा पनि बाघले खाने गर्दछ । यी आहारा प्रजातिका जनावर बढेकाले पनि बाघको सङ्ख्या बढेको अनुमान गरिएको छ ।

सन् २०१० नोभेम्बर २३ मा रुसको पिटर्सवर्गमा बाघ पाइने देशका राष्ट्र प्रमुख सहभागी बाघ सम्मेलनले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर पार्ने सङ्कल्प घोषणा गरेको थियो । बाघ पाइने १३ देशमध्ये नेपाल, भारत, भुटान, बङ्गलादेश र रुसमा बाघ उल्लेख्य ढ्ङ्गले बढिरहेको पाइएको छ । नेपालले सन् २०२२ सम्ममा कम्तीमा २५० वयस्क बाघ पु¥याउने लक्ष्य लिएको छ । रासस

भर्खर

केएमसी हाटबजार २०८३ सम्पन्न, ‘सिक्ने हात, कमाउने आँट’लाई व्यवहारमा उतार्नेमा जाेड

प्रोटोनको भक्तपुरमा फ्ल्यागशिप थ्रीएस स्टोरसहित ११ शोरुम सञ्चालनमा, बिर्तामोडमा पनि चाँडै

थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

याङ्गो राइड र बजाज अटोबीच साझेदारी

रामादा बाई विन्धाम इटहरीद्वारा बोलबम यात्राका भक्तजनलाई विशेष सहयोगको घोषणा

Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu