किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
कोलकताका लागि शुभमन गिलले सर्वाधिक ५७ रन जोड्दा कप्तान इयोन मोर्गनले ४० रन बनाए । त्यस्तै लोकिइ फ्रेगुइन २४ रनमा अभिजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनसमेत जोड्न सकेनन्।
उता पञ्जाबका लागि मोहम्मद शमीले ३ विकेट, रवि बिस्नोइ र क्रिस जोर्डनले २/२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल र मुरुगन अश्विनले १/१ विकेट लिए ।
१५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पञ्जावले १८.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । कोलकताका लागि वरुण चक्रवर्ती र लोकी फ्रेगुइसनले समान १/१ विकेट लिए ।
जितसँगै पञ्जाव १२ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भएपनि नेट रनरेटमा पन्जाब चौथो स्थानमा रहदा कोलकाता पाँचौ स्थानमा रहेकाे छ ।































प्रतिक्रिया