प्युठान । बाँदर धपाउन खोज्दा हानेको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोली लागेर नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको हाे । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले दलबहादुरलाई लागेको थियो ।
बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।































प्रतिक्रिया