नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज १ हजार १ सय रुपैंयाँले घटेको हो । यस हप्ता आइतबार १०० रुपैंयाँले बढेको सुन सोमबार भने ५०० ले बढेको थियो । मंगलबार स्थिर थियो भने बुधबार ६ सयले घटेको थियो । सुन विहिबार ९ सयले घटेको थियो । आज पनि १ हजार १ सयले घट्दै सुन प्रतितोला ९० हजार रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य ८९ हजार ५५० रुपैंयाँ रहेको छ । यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार २९० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत साता नेपाली बजारमा सुनको मूल्य घटबढ रहिरह्यो । सुन आइतबार ३ सयले घटेको थियो । सोमबार २ सयले घटेको सुन मंगलबार ४ सयले बढेको थियो । बुधबार सुन ७ सयले घटेको थियो । सुन विहिबार प्रतितोला १ सयले घटेको थियो भने शुक्रबार स्थिर रहेको थियो ।































प्रतिक्रिया