‘प्रचण्ड-माधव पक्षले आफूलाई सर्वहारा पार्टीको संज्ञा दिंदै अराजकता मचाएका छन्’ : प्रधानमन्त्री ओली

‘प्रचण्ड-माधव पक्षले आफूलाई सर्वहारा पार्टीको संज्ञा दिंदै अराजकता मचाएका छन्’ : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव पक्षले आफूलाई सर्वहारा पार्टीको संज्ञा दिएर अराजकता मचाउँदै हिंडेको बताएका छन् ।

आज नेकपा ओली समूहले राजधानीको नारायणहिटी दरबार अघि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  

उनले गरिबको समस्या हेर्न सरकार  रहेको भन्दै विहिबार आमहड्तालमा जलाएको ट्याक्सीको क्षतीपूर्ति सरकारले दिने पनि बताए । प्रचण्ड माधव पक्षले मांसाहारी आन्दोलन भनेर पुनः मान्छे मार्ने राजनीति गर्न खोजेको उनको आरोप थियो ।  

समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको आकांक्षा पूरा गर्न आफू सक्रिय रहेको पनि उनको भनाइ थियो ।  

अहिलेको अस्थिरताको अन्त्य गर्न अर्को आन्दोलनको आवश्यकता भएको उनको भनाइ थियो । जनतालाई परिचालन गरेर मात्रै अस्थिरता अन्त्य गर्न सकिन्छ भनेर आफूले नयाँ आन्दोलन सुरू गरेको उनले बताए ।

Skip This
Skip This
Logo