काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरण अन्तर्गत त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच पहिलो खेल हुनेछ ।
दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।
जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ । जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित छ । एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।































प्रतिक्रिया