नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सहीरुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन् ।
शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६ औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरु हुँदा हुँदै पनि देश विकास र समृद्धिको यात्रामा पछाडि परेको बताएका हुन् ।
“हामीसँग प्रशस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरु छन् । यसलाई हामीले सहीरुपमा सदुपयोग गर्न सकिरहेका छैनांै । यी उपलब्ध श्रोत तथा साधनको सहीरुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र समृद्धि असम्भव छैन । यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने । कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरु पूरा गर्न आफू तत्पर रहेको र त्यस अनुसार काम गर्ने बताए ।
“हुन त स्थानीय समस्याहरु समाधान गर्न तपाईंहरु स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ । तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरु पुरा गनेर्छौं । तपाईंहरुलाई भोगेका समस्याहरुको समाधानका लागि पहल गर्नेछौंँ र ती समस्या समाधान गर्नेछौंँ,” उनले भने । नीजि क्षेत्रलाई राज्य तथा यसका निकायहरुबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उनले नीजि क्षेत्र व्यवसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्नेछ ।
‘नीजि क्षेत्रलाई विकासको साझेदारको रुपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रुपमा काम गर्न सकिन्छ । सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी नीजि क्षेत्रले अपेक्षा गरेका छौं ।’ उनले भने ।































प्रतिक्रिया