शेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक ३७ अंकले वृद्धि

शेयर बजारमा नयाँ रेकर्ड, नेप्से सूचक ३७ अंकले वृद्धि

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक र कारोबार रकम सर्वाधिक बृद्धि भएको छ । नेप्से आज ३७ अंकले बढेर २ हजार ५ सय ६१ अंक पुगेर कारोबार रोकिएको छ । नेप्से सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले बढेर ४६६ अंक पुगेको छ ।  

सोमबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको छ । २०६ कम्पनीको २ करोड कित्ता शेयर ९२ हजार पटक किनबेच भएका छन् । ७५ कम्पनीको मात्र मूल्य बढेको छ भने ९३ कम्पनीको शेयर मूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेले आइतबार बनाएको सर्वाधिक कारोबारको रेकर्ड आज तोड्दै १० अर्ब ६१ करोड रुपैयाँ नाघेको छ । आइतबार १० अर्ब ४४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । आज सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको कारोबार बढेको छ । धेरै कारोबार हुने १० मध्ये ९ कम्पनी बैंक तथा वित्तीय संस्था समूहबाटै छन् । प्रभु बैंकको मात्रै सर्वाधिक ६२ करोड रुपैंयाँको शेयर किनबेच हुँदा नेपाल लाइफ, नबिल बैंक र डिप्रोक्स लघुवित्तको समान ३३ /३३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

ग्लोबल आइएमई बैंकको २९ करोड रुपैंयाँको शेयर किनबेच हुँदा फस्र्ट माइक्रो फाइनान्स र पूनर्बीमा कम्पनीको २७, २७ करोड रुपैंयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २२ करोड रुपैयाँको किनबेच हुँदा एनआइसी एसिया र नेपाल बैंकको करिब २०/ २० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

घट्नेक्रममा भने हिमालयन ऊर्जा विकास कम्पनी, उन्नति सूरक्षा लघुवित्त, स्वाभिमान लघुवित्त, सभिल लघुवित्त, लक्ष्मी लघुवित्त लगायतका माइक्रो फाइनान्सको शेयर मूल्य ४, ५ प्रतिशतसम्मले घटेको छ । सोमबार पनि जीवन बीमा समूहको उपसूचक सर्वाधिक २११ अंकले बढेको छ । विकास बैंकको सूचक ८६ अंक, वाणिज्य बैंकको सूचक ६२ अंक, होट २८ अंक र फाइनान्स समूहको सूचक २२ अंकले बढेको छ ।  

सर्वाधिक घट्ने क्रममा भने निर्जीवन बीमा समूहको सूचक १३१ अंक, उत्पादन समूह ७४ अंक, माइक्रो फाइनान्स ३१ अंक र हाइड्रोपावर समूह १९ अंकले घटेको छ ।

Skip This
Skip This
Logo