सार्वजनिक स्थलमा एक महिलामाथि अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको घटनामा संलग्न नेपाल टेलिकमका एक कर्मचारी पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–५ का ५३ वर्षीय नारायण कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । उनी टेलिकमकाे विराटनगर कार्यालयमा कार्यरत सहायक अधिकृत रहेको प्रहरीले जनाएको छ ।
महिलामाथि दुरव्यवहार गरेको घटना सार्वजनिक भएपछि कटुवाललाई घरैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । महिलामाथि अश्लिल गालीगलौज गर्दै सार्वजनिक स्थलमा दुर्व्यवहार गरेको पाइएपछि कटुवाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ ।































प्रतिक्रिया