२६ औँ मानव अधिकार पुरस्कार-०७६ डा. विश्वकर्मालाई

२६ औँ मानव अधिकार पुरस्कार-०७६ डा. विश्वकर्मालाई

केन्द्रबिन्दु
0
Shares

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।

मंगलबार मानव अधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानव अधिकार पुरस्कार ०७६ प्रदान गरिएको हो । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–५ का स्थायी बासिन्दा डा. विश्वकर्मा बाजुरा जिल्लाको नागरिकको स्वास्थ्य सेवामा समर्पित व्यक्तित्वको रुपमा परिचित छन् । विगत ३ वर्षदेखि बाजुरा जिल्लामा रहि नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिंदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए।

३ वर्ष अघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाका घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपतकालीन उपचार गरी घाइतेलाई बचाएपछि उनको चर्चा देशभरी भएको थियो । सम्मानपछि डा. विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताए ।

कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफूहरु मानव अधिकारको क्षेत्रमा अघि बढिरहेको बताए। इन्सेकले मानव अधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

Skip This
Skip This
Logo