नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धी संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेको आरोप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहिबार काठमाडौँमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे उनले संविधान र संघीयता कुर्सी र पदसँग साट्न नसक्ने भन्दै खबरदारी गरे ।
शान्तिपूर्ण आन्दोलनमा आएका जनता कुनै दिन विद्रोहमा पनि उत्रन सक्ने चेतावनी दिँदै उनले राजनीतिक पार्टीका सीमित नेतामा असीमित अधिकार दिने काम भएको र त्यही असीमित अधिकार केपी ओलीलाई दिएकाले अहिलेको परिणाम निम्तिएको तर्क राखे । उनले त्यसको समीक्षा पार्टीले गर्नुपर्ने र जिम्मा पनि लिनुपर्ने भन्दै आफ्नो तर्फबाट जिम्मा लिन तयार रहेको दावी गरे । उनले पार्टीको रुपान्तरण अहिलेको प्रमुख आवश्यक रहेको पनि स्पष्ट पारे ।
संविधान अनुसारको जनाधिकार कानून बनाउने क्रममा भाँचकुच पारिएको, संविधान लागू गर्न नदिन अपांग बनाइएको, ओम्नीको नाममा जनताको अधिकारमाथि खेलवाड गरिएको, समावेशी समानुपातिक अधिकारलाई कुण्ठित गर्नेका विरुद्ध निरन्तर सघर्ष गर्दै आएको स्मरण गराउँदै नयाँ कुलमान निर्माण गर्नुगर्ने आवश्यकता औल्याए ।
नेकपाका केन्द्रीय सदस्य शन्तकुमार चौधरीले प्रधानमन्त्री केपी ओलीले सनकको भरमा गणतन्त्र मास्न खोजेको टिप्पणी गरे । उनले प्रतिगमन नसच्चिएसम्म प्रतिगमन विरुद्धको आन्दोलन नरोकिने दावी गरे ।
नेकपाका अर्का केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी ओलीले संविधानलाई तहसनहस गरेर मुलुकलाई दुर्घटनाको दिशामा लगेको बताए । हिटलरको प्रसंग उल्लेख गर्दे दुनियाँका तानाशाहहरुले झुटलाई पोलिस गरेर सत्य जस्तै गरेर भ्रम छर्ने गरेको इतिहास दर्शाउँदै केपी ओली पनि त्यस्तै तानाशाहा भएको दावी गरे ।































प्रतिक्रिया