नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ ।
जस अनुसार पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको ९५ रुपैयाँ पर्नेछ ।
त्यसैगरी एलपी ग्यासको मूल्य पनि प्रति सिलिन्डर २५ रुपैयाँ बढेको छ । अब बजारमा ग्यास १४ सय रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य हाललाई यथावत् राखिएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल निगमले पनि मूल्य बढाउनु परेको जनाएको छ ।































प्रतिक्रिया