रामकुमारी झाँक्री पक्राउ परेपछि गगन थापाको आक्रोस, ‘सरकार झ्यालखानाको संख्या थप’

रामकुमारी झाँक्री पक्राउ परेपछि गगन थापाको आक्रोस, ‘सरकार झ्यालखानाको संख्या थप’

केन्द्रबिन्दु
0
Shares

नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोस पोख्दै सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् ।  ‘सरकार झ्यालखानाको संख्या थप’, उनले आज सामाजिक संजालमा लेखेका छन्, ‘सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन ।’

उनले भनेका छन् ,

कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्न  ? उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।

Skip This
Skip This
Logo