निर्वाचन केन्द्रित गरेर काम अघि बढाएका छौँः मन्त्री शाह

निर्वाचन केन्द्रित गरेर काम अघि बढाएका छौँः मन्त्री शाह

केन्द्रबिन्दु
0
Shares

शहरी विकासमन्त्री प्रभु शाहले सरकारले निर्वाचन केन्द्रीत गरेर काम अघि बढाइरहेको बताएका छन् ।  

बिहीबार शहरी विकास मन्त्रालयले गरेको कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहले सरकारको निर्धारित कार्यक्रमलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढेको बताए । त्यसैगरी सरकारको प्राथमिकतामा सुरक्षित नागरिक आवास कार्यक्रम र जनता आवास कार्यक्रम रहेको पनि उनको भनाइ छ । यी दुई कार्यक्रमलाई प्रभावकारी बनाउन विशेषगरी निर्माणाधिन कामलाई पहिलो प्राथमिकता दिएर अगाडी बढाउने निर्देशन दिइसकेको उनको भनाइ छ ।

मन्त्री शाहले नयाँ शहरको डिपिआर पुरा हुँदै गरेकाले एक प्रदेशमा एक स्मार्ट सिटी निर्माणकै तहमा पुर्याउने गरी अघि बढेको पनि बताए । 

Skip This
Skip This
Logo