नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द निम्त्याउन खोजेको बताएका छन् ।
बिहिबार काठमाडौँमा आयोजित प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले छापामार शैलीमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर प्रधानमन्त्री ओलीले द्वन्दलाई निम्त्याएको स्पष्ट पारे । तात्कालीन शाही शासनकालमा पनि राजसंस्थाका पदाधिकारीमाथि टिकाटिप्पणी हुने गरेको र त्यसो गरेबापत कसैलाई पक्राउ नगरिएको भन्दै उनले वर्तमान सरकारले भने दिन दहाडै हतियार सहितका प्रहरी पठाएर झाँक्रीलाई पक्राउ गर्ने काम गरेको बताए ।
अध्यक्ष नेपालले नेतृ झाँक्रीलाई अपराधीलाई पक्रे जसरी पक्राउ गरेको सरकारसँग अपराधी, भ्रष्टाचारी, तस्कर र बलात्कारीलाई गिरफ्तार गर्नेे हिम्मत नभएको आरोप समेत लगाए । उनले आफ्ना अध्यक्षलाई चिडियाखानामा राखिदिने भनी अभिव्यक्ति दिने गृहमन्त्री रामबहादुर बादललाई कारवाही हुन्छ कि हुँदैन भनी प्रश्न गरे ।
अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आन्तरिक लोकतन्त्र नमान्ने प्रधानमन्त्री केपी ओलीले देशको लोकतन्त्रको अभ्यासलाई पनि नमानेको बताए । लोकतन्त्रको अभ्यासलाई नमान्ने प्रमाणको रुपमा ओलीले संसद विघटन गरेको दाहालको दाबी छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले पूर्व एमाले आफू र पूर्व माओवादी प्रचण्ड भएको भन्दै सर्वसाधरणमा भ्रम छर्ने काम गरेको बताए ।































प्रतिक्रिया