‘दङ्गा फैलाउन उकासेकाले’ ट्रम्पविरुद्ध महाभियोग पारित गर्न डेमोक्र्याटहरूको आग्रह

‘दङ्गा फैलाउन उकासेकाले’ ट्रम्पविरुद्ध महाभियोग पारित गर्न डेमोक्र्याटहरूको आग्रह

केन्द्रबिन्दु
0
Shares

केही दिनदेखि डोनल्ड ट्रम्प सार्वजनिक रूपमा देखा परेका छन्।

उनलाई ट्विटरले प्रतिबन्ध लगाएको छ। त्यसैले राष्ट्रपति पदबाट निस्किएपछि आफूविरुद्ध भइरहेको सुनुवाइबारे उनको विचार देख्न पाइएको छैन। अहिले हामीलाई उनीबारे थाहा भएको कुरा यस्तो छ।

उनी फ्लोरिडामा बस्छन्। गत मङ्गलवार स्थानीय पामबीच नगर परिषद्ले उनलाई स्थायी बसोबासको अनुमति दिने पक्षमा मतदान गर्यो। सीएनएनका अनुसार बिहीवार उनलाई वेस्ट पाम बीचस्थित कोर्समा गल्फ खेल्दै गरिएको देखिएको थियो।

वाशिङ्टन डीसीमा आफूविरुद्ध भइरहेको महाभियोगको सुनुवाइमा बयान दिन ट्रम्पले अस्वीकार गरेका छन्। उनका वकिलहरूले शुक्रबार आफ्ना तर्कहरू प्रस्तुत गर्नेछन्। ट्रम्पले सुनुवाइलाई कसरी नियालिरहेका छन् भन्ने स्पष्ट भएको छैन।

ट्रम्पलाई दोषी ठहर नगरिए ‘फेरि दङ्गा हुन सक्छ’

तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना अमेरिकी संसद्‌भवनमा दङ्गा गर्न उकासेको निष्कर्ष निकाल्दै डेमोक्र्याटहरूले ट्रम्पलाई दोषी ठहर नगरिए उनले फेरि त्यस्तो घटना गराउन सक्ने चेतावनी दिएका छन्।

ट्रम्पविरुद्ध महाभियोग लगाउने सुनुवाइका क्रममा बिहीबार अभियोजनदर्ताहरूले दङ्गाकारीहरूको भनाइ उल्लेख गर्दै जनावरी ६ मा क्यापिटल भवनमा भएको हिंसासँग ट्रम्पको सम्बन्ध भएको दाबी गरे। उनीहरूले उक्त घटनाबाट दीर्घकालीन हानी भएको तर्क गरे। डेमोक्र्याटहरूले ट्रम्पमाथि लगाइएको महाभियोग पारित गर्न सिनेटरहरूलाई आह्वान गरेका छन्।

महाभियोग पारित गर्न सिनेटमा दुईतिहाइ बहुमत आवश्यक पर्छ। तर डेमोक्र्याटहरूसँग सामान्य बहुमत मात्र छ। महाभियोग पारित हुन १७ रिपब्लिकन सांसदले पनि साथ दिनुपर्छ।

महाभियोग पारित भए ट्रम्प राष्ट्रपतीय निर्वाचनमा सहभागी हुन पाउने छैनन्। ट्रम्पको टोलीले शुक्रबार उनको प्रतिरक्षामा आफ्ना तर्कहरू प्रस्तुत गर्नेछ। बीबीसीबाट

Skip This
Skip This
Logo