प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त तथा भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई सरकारले पानी मुनी गएपनि नछाड्ने बताएका छन् ।
शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले बलात्कार जन्य घटनामा संलग्न जो कोहीलाई पनि कानूनको कठघरामा उभ्याएर छाड्ने बताएका छन् ।
उनले बलात्कारका घटना मात्रै नभएर जग्गा कारोबारमा किर्ते गर्ने तथा भष्ट्राचार जन्य गतिविधिमा समेल हुनेलाई पनि नछाड्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै, उनले अपराधीहरु जहाँ गएर लुके पनि भोग्नु पर्ने सजाय कम नहुने भन्दै ढिलोचाँडो अपराधी पत्ता लगाएरै छोड्ने बताएका हुन् ।































प्रतिक्रिया